+
+

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक साउन २० र २१ मा

रासस रासस
२०८० साउन ९ गते ९:५१

९ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ काठमाडौ्मा बस्ने भएको छ ।

बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ । पार्टीको पोलिटब्यूरो सदस्य दिलु पन्तले आगामी माघ महिनामा पार्टीको महाधिवेशन सम्पन्न गरी देशभर सङ्गठनलाई थप विस्तार गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

बैठकले पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना तथा रणनीति तयार गर्ने उनले बताइन् ।

यही साउन १८ र १९ गते बस्ने पोलिट्ब्यूरो बैठकमा पार्टीका सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा गरिने जनाइएको छ ।

आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने गरी पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक राजनीतिक गतिविधिसमेत सञ्चालन गर्ने योजना बैठकले तयार गर्ने छ ।

यही साउन १६ र १७ गते पार्टीको स्थायी कमिटीको बैठक बस्ने छ । यही साउन १५ गते बस्ने सचिवालय बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटीको प्रस्ताव तयार पार्ने छ ।

बैठकको निर्णयलाई मूर्तरूप दिन अनौपचारिक छलफल गरी कार्यान्वयनका लागि शीर्ष नेतालाई जिम्मेवारी प्रदान गरिने छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?