+

स्पेन र जापान महिला फुटबलको नकआउट चरणमा

२०८० साउन  १० गते १६:२१ २०८० साउन १० गते १६:२१
स्पेन र जापान महिला फुटबलको नकआउट चरणमा

१० साउन, काठमाडौं । स्पेन र जापान अष्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेकाे महिला विश्वकप फुटबलकाे नकआउट चरणमा प्रवेश गरेकाे छ ।

बुधबार भएकाे खेलमा स्पेनले जाम्बियालाई ५-० ले पराजित गरेपछि दुवै टिम अन्तिम १६ मा प्रवेश गरेका हुन् । स्पेनकाे फराकिलाे जितमा हेर्मेसाे फुएन्टस र रेडाेन्डाे फेरेरले दुई-दुई गाेल गरे भने अबिलेइरा डुएनासले एक गाेल गरे ।

समूह सी मा लगातार दुई खेल जितेपछि अन्तिम खेल खेल्नुअघि नै स्पेन र जापानले अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।

जापानले बुधबारै काेस्टारिकालाई २-० ले पराजित गरेकाे थियाे । लगातार दुई खेल हारेपछि जाम्बिया र काेस्टारिका समूह चरणबाटै बाहिरिएका छन् ।

फुटबल महिला विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय