
काठमाडौं । तपाईं विश्व संगीत र फेसनलाई पछ्याउनुहुन्छ भने गायक जेन मलिक र सुपरमोडल गिगी हदिद ठूला हस्तीहरु हुन् । कुनैबेला यी दुई संसारकै लोकप्रिय जोडी थिए । नेपालका तन्नेरीले समेत यो कपललाई आदर्श मान्ने गर्थ्यो ।
तर सायद भाग्यले यी दुईको लागि बेग्लै पटकथा लेखिदिएको थियो । दुवै अलग भए । यो चर्चित जोडीको ब्रेकअपको खबरले विश्वका करोडौं फ्यान स्तब्ध हुनु स्वभाविक हो ।
यतिबेला गिगीको सोसल मिडियो पोस्टले पुनः एकपटक एक लहर सिर्जना गरेको छ, जसले उनी र जेनबीच पुनर्मिलन भएको संकेत गर्छ । जेन र गिगीले सन् २०१५ मा एकअर्कालाई डेट गर्न थालेका थिए । दुवै सन् २०१९ सम्म अन–अफ रिलेसनसिपमा रहे । त्यसपछि २०२० मा छोरी खाईलाई जन्म दिए । करिब ६ वर्ष सँगै बसेपछि यो जोडीले सन् २०२१ को अक्टोबरमा छुट्टिने निर्णय गर्यो ।
दुवै आ-आफ्नो जीवनमा अघि बढिरहेका थिए । केही दिनअघि मलिकको बहुप्रतीक्षित गीत ‘लभ लाइक दिस’ रिलिज भएको थियो । उनले आफ्नो एउटा सर्टलेस तस्वीर पनि सेयर गरेका थिए, जहाँ उनी पियानो बजाउँदै छन् । यसमा कुनै क्याप्सन लेखिएको थिएन । यो पोस्टलाई उनकी पूर्वप्रेमिका हदिदले लाइक गरेकी छन् । त्यसपछि मात्रै उनीहरुको डेटिङको हल्ला चलिरहेको छ । जेनले इन्स्टाग्राममा गिगीलाई फलो गरेका छैनन् तर गिगीले अझै पनि उनलाई नजिकबाट हेरिरहेको देखिन्छ ।
यसअघि मिडिया रिपोर्टमा जेन र सेलेना गोमेजको निकटता बढ्दै गएको बताइएको थियो । दुवैलाई लिप लक गरेको पनि देखियो । तर यसबारे दुवै स्टारबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । केही दिनअघि सेलेनाले इन्स्टाग्राममा जेन र गिगी दुवैको नामसहित धेरैलाई अनफलो गरिन् । र, योसँगै उनले हल्लाको खण्डन पनि गरे । भाइरल भिडियोमा उनले आफू अविवाहित भएको पनि बताएकी छन् ।
अर्कोतर्फ जब गिगी हदिदको कुरा आउँछ, उनको नाम हलिउडका ए–लिस्ट अभिनेता लियोनार्दो डिक्याप्रियोसँग जोडिएको छ । उनीहरुले आफ्नो सम्बन्ध अनौपचारिक राखेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया 4