
१० साउन, काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका, नखीपोट बस्ने ३० वर्षीय प्रचलन राई रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नखीपोटबाट पक्राउ गरेको छ ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
उनले पीडित समर बहादुर परियारलाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भन्दै पटक-पटक गरेर ६ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4