+
+

एक क्विन्टल सुन प्रकरण : व्यवसायी अडुकियाको घरमा छापा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १९:१५
फाइल तस्वीर

१० साउन, काठमाडौं । व्यवसायी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा विभागले उनको घरमा छापा मारेको स्रोतले अनलाइनखबरलाई बतायो ।

उनले पछिल्लो वर्षहरुमा हङकङ, यूएई र भारतमा शंकास्पद भ्रमण गरेको समेत पाइएको अधिकृतहरु बताउँछन् । विभागका एक अधिकृतका अनुसार, घरबाट केही सामान समेत बरामद गरिएको छ ।

विभागले बुधबार सुन राख्नका लागि उपत्यकामा राखिएका गोदामको व्यवस्थापनका लागि सहयोग गरेको आरोपमा सुरेन्द्र तामाङलाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर २ साउनमा एक क्वीन्टल सुन बाहिरिएको थियो । विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । हङकङबाट आएको सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?