+

महिला विश्वकप फुटबलमा अमेरिका र नेदरल्याण्ड्सले खेले बराबरी

२०८० साउन  ११ गते ९:३९ २०८० साउन ११ गते ९:३९
महिला विश्वकप फुटबलमा अमेरिका र नेदरल्याण्ड्सले खेले बराबरी

११ साउन, काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको फिफा महिला विश्वकपमा साविक विजेता अमेरिका र नेदरल्याण्ड्सले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

न्युजिल्याण्डको वेलिङ्गटन स्टेडियममा बिहीबार भएको खेलमा अमेरिकाले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै बराबरी गरेको हो ।

खेलको १७औं मिनेटमै जिल रुर्डले गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसलाई कायम राख्न सकेन ।

साविक विजेता अमेरिकाका लागि लिन्ड्से होरानले ६२औं मिनेटमा गोल गरे ।

बराबरीपछि समूह ईमा दुवैको समान ४ अंक छ । गोलअन्तरमा अमेरिका शीर्ष स्थानमा छ । दुवैले यसअघिका खेल जितेका थिए । यसअघि अमेरिकाले भियतनामलाई ३-० ले तथा नेदरल्याण्ड्सले पोर्चुगललाई १-० ले हराएको थियो ।

अब अमेरिकाले पोर्चुगल र नेदरल्याण्ड्सले भियतनामसँग खेल्न बाँकी छ ।

अमेरिका नेदरल्याण्डस् महिला विश्वकप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय