+
+

फिल्म ‘ऐंचो पैंचो’को गीत ‘काले केटाले’ रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते १६:२१

काठमाडौं । भदौ १४ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ऐंचो पैंचो’मा समावेश पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘काले केटाले’ बोलको गीत सार्वजनिक गरिएको हो ।

प्रमुख अतिथिको रुपमा सहभागी नेकपा एमालेका नेता योगेश भट्टराईले यो फिल्मले ‘छक्कापञ्जा’ र ‘जारी’ले जस्तै धेरै कमाउन सकोस् भनेर शुभकामना दिए । राष्ट्रिय फिल्मको प्रवर्द्धन गर्न यस्ता फिल्म चल्नुपर्ने उनको भनाइ थियो ।

कृषा चौलागाईं निर्देशित फिल्मलाई सोसियो–पोलिटिकल जनरामा राखिएको छ । गाउँको सेटिङमा राजनीतिक कथावस्तु बुनिएको फिल्मको गीत सार्वजनिक समारोहमा फिल्मका कलाकार उपस्थित थिए ।

आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको गीतमा एकनारायण भण्डारीको शब्द र आशिषकै संगीत छ । स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, राजाराम पौडेल, शारदा गिरी, बुद्धि तामाङ, विशाल पहारी, रमेश बुढाथोकी, रविन्द्र झा, सुमन मोटेको अभिनय छ ।

यो गीतमा फिल्मका शीर्ष कलाकारहरु फिचर्ड छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, विपिन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन,  अभिमन्यू निरवीको कथा र कविराज गहतराजको नृत्य निर्देशन छ । फिल्मलाई प्रीतम लामिछाने र आध्या लामिछानेले निर्माण गरेका हुन् भने विशाल चौलागाईं सहनिर्माता हुन् ।

तस्वीर सौजन्य : महम्मद जालिम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?