+
+

विशेषज्ञ लाइसेन्स परीक्षामा ५२ प्रतिशत चिकित्सक फेल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १७:५९

१२ साउन, काठमाडौं । विशेषज्ञ डाक्टरहरुको लाइसेन्स परीक्षा (विशेष परीक्षा) मा ५२ प्रतिशत चिकित्सक फेल भएका छन् । नेपाल मेडिकल काउन्सिलले शुक्रबार लिएको परीक्षामा ४८ प्रतिशत चिकित्सक मात्रै पास भएका हुन् ।

काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार परीक्षा दिनका लागि कुल २१२ जनाले फारम भरेका थिए । शुक्रबारको परीक्षामा २०९ जनाले मात्रै सहभागिता जनाएका थिए ।

जसमध्ये १०१ अर्थात ४८.३३ प्रतिशत पास र १०३ अर्थात ५१.६७ प्रतिशत चिकित्सक फेल भएका हुन् ।

पुल्चोकस्थित नेपाल इन्जिनियरिङ संस्थानको हलमा भएको परीक्षा शुक्रबार दिउँसो २ देखि ४ बजेसम्म चलेको थियो । परीक्षामा विभिन्न ३४ विषयका विशेषज्ञ डाक्टरहरुले सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?