+
+

मर्यादाक्रम विभेद नगर्न कांग्रेसका महानगर समितिको माग

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १३ गते १०:३४

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका महानगर समितिले पार्टीले मर्यादाक्रममा विभेद गरेको भन्दै मर्यादाक्रममा अन्याय नगर्न पार्टी नेतृत्वसँग माग गरेको छ ।

काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, पोखरा र वीरगञ्ज महानगर समितिको संयुक्त बैठक बसेर मर्यादाक्रमको विभेद हटाउन माग गरिएको छ ।

काठमाडौंमा शुक्रबार भएको छलफलपछि ४ बुँदे माग काठमाडौं महानगरका सचिव सुसन वैद्यले जानकारी दिए ।

बैठकले पार्टीको केन्द्रीय महासमिति/महाधिवेशनमा स्थानीय तहका समितिहरुबाट प्रतिनिधित्व हुने सुनिश्चितता गराउन विधानमा व्यवस्था गर्न माग गरिएको छ ।

स्थानीय तहका समिति अन्तर्गतका वडाहरुमा निर्वाचनमा उम्मेदवार छनोट गर्दा तत् तत् स्थानीय तहको पूर्ण अधिकार दिन माग गरिएको छ ।

स्थानीय तह समितिको दायित्व र अधिकार पार्टी विधान र नियमावलीमा न्यून र समय सापेक्ष नभएको हुँनाले समय सापेक्ष हुने गरी, पदाधिकारीहरु समेतको काम, कर्तव्य र अधिकार विधानमा व्यवस्था गराउन माग गरिएको छ ।

४ बुँदे माग पत्रमा ६ वटै महानगरका सभापतिले हस्ताक्षर गरेका छन् । महानगरका सभापतिहरु पोखराका सुरेन्द्रमान विजुक्छे, ललितपुरका शुभाननरत्न धाख्वा, काठमाडौंका निलकाजी शाक्य, भरतपुरका चित्रसेन अधिकारी, विराटनगरका दीपक चापागाईं र वीरगञ्जका मणिन्द्र नेपाली बैठकमा उपस्थित थिए ।

काठमाडौं महानगरका सचिव वैद्यका अनुसार महानगर समितिका पदाधिकारी र सदस्यहरु पनि बैठकमा सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?