+
+

भृकुटीमण्डपको नारा : गरिब होइन गरिबी हटाऊ (तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
२०८० साउन १३ गते १८:५६

१३ साउन, काठमाडौं । आफूहरुलाई गरिखान दिनुपर्ने माग गर्दै फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर प्रदर्शन गरेका छन् ।

सयौंको संख्यामा भेला भएका फुटपाथ व्यवसायीले शनिबार विभिन्न नारा लेखिएको प्लेकार्डसहित भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा रहेको महानगरपालिकाको कार्यालयबाहिर प्रदर्शन गरेका हुन् ।

उनीहरुले सडक व्यवसायीलाई पुनस्र्थापना गर्नुपर्ने, गरिबलाई काम गर्न दिनुपर्ने, गरिब होइन गरिबी हटाऊलगायतका नारा लेखेलेको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी एक फुटपाथ व्यवसायीले आफूहरुलाई व्यवसाय गर्ने ठाउँ महानगरपालिकाले तोकिदिनुपर्ने बताए । उनले व्यवसाय गर्ने वातावरण नहुँदासम्म प्रदर्शन गरिरहने पनि बताए ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?