+
+

संसदको अवरोध खुलाउने विषयमा प्रचण्ड र ओलीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १०:१५

१५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा कुराकानीको विषय सार्वजनिक भएको छैन । तर उनीहरुबीच संसदको अवरोध हटाउने र मंगलबार प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकको विषयमा छलफल भएको स्रोतले बतायो ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटको मुख्य एजेण्डा संसदमा जारी अवरोध हटाउने रहेको बताए । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर संसदमा अवरोध गरेको छ ।

प्रमुख सचेतक गिरीले भने, ‘छलफल जारी छ । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने हाम्रो माग छ । समिति बने सदन खुल्छ, नभए विरोध यथावत् रहन्छ ।’ प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे बस्दैछ ।

प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश सिफारिसका लागि मंगलबार संवैधानिक परिषद बैठक बोलाएका छन् । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते अवकाश हुँदैछन् ।

अवकाश हुनुभन्दा एक महिना अगाडि नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदले अहिलेसम्म प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?