+
+

सुन प्रकरणमा ममाथि लागेको आरोपबारे छानबिनका लागि तयार छु : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १७:४०

१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सुन तस्करीका बारेमा निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताएका छन् ।

संसद भवनमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पुनले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताए ।

‘कुन निकायले छानबिन गर्नुपर्ने हो ममाथि छानबिन गरोस्, म त्यो छानबिनका लागि तयार छु’ उनले भने, ‘म दोषी ठहरिए के सजाय भोग्नुपर्ने हो त्यसको लागि तयार छु ।’

पुनले प्रधानमन्त्रीले भ्रष्टाचार र सुन तस्करी विरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको अभियान रहेको बताए ।

अनाहकमा आफूलाई जोडेको भन्दै व्यक्तिगत चरित्र हत्या गर्ने भन्दा पनि तथ्यमा पुगेर अनुसन्धान गर्नुपर्ने बताए ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेका दावा छिरिङ र वर्षमान पुनको पारिवारिक भेटघाटका तस्वीर सामाजिक सञ्जालमा देखिएका छन् । त्यसबारे प्रष्ट पार्दै पुनले भने, ‘गत आठ वर्ष पहिले पारिवारिक खालको फोटोलाई राखेर हो जस्तो पारिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?