+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रस्तावित ६ राजदूतविरुद्ध ५ वटा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १०:५७

१६ साउन, काठमाडौं । विभिन्न मुलुकका लागि प्रस्तावित ६ जना राजदूतमाथि ५ वटा उजुरी परेको छ ।

सरकारले विभिन्न मुलुक तथा कुटनीतिक नियोगका लागि सिफारिस गरेका ६ जना राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा पाँच वटा उजुरी परेको समितिकी सह-सचिव निर्मलादेवी लामिछाने (वस्ती)ले जानकारी दिइन् ।

उनका अनुसार एउटा रित नपुगेको उजुरी पनि प्राप्त भएको छ । तर त्यसलाई उजुरीमा गणना गरिएको छैन । उनका अनुसार सामूहिक रुपमा उजुरीहरु परेका छन् ।

गत साउन ३ गते बसेको सुनुवाइ समितिको बैठकले १० दिन भित्र उजुरी दिन आश्वान गर्ने निर्णय गरेको थियो । प्राप्त उजुरीहरु उपर छलफल गर्न मंगलबार सुनुवाइ समितिको बैठक राखिएको छ ।

उजुरीउपर अध्ययन गरेपछि समितिले उजुरीकर्तासँग छलफल गर्नेछ । त्यसपछि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुनेछ ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर वली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराईलाई सिफारिस भएका छन् ।

सरकारले सिफारिस गरेका राजदुतको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?