+
+
Shares

सभामुखलाई राजीनामा गराउनु अमर्यादित खेल : हिक्मत कार्की 

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते १२:३४

१६ साउन, विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कांग्रेसले सभामुखलाई राजीनामा गराएर अमर्यादित खेल खेल्न खोजेको बताएका छन् ।

आज विराटनगर विमानस्थलमा  सञ्चारकर्मीसँग कुरा गर्दै एमाले संसदीय दलका नेता कार्कीले कांग्रेसले अर्मादित खेल खेल्न लागेको बताएका हुन् ।

राजनीतिक सङ्कटबाट बाहिर निस्कन कांग्रेस र एमाले मिल्नुपर्ने भए पनि तत्काल सम्भावना आफूले नदेखेको उनले बताए ।

‘अहिलेको राजनीतिक संकट र राजनीतिक अस्थीरतालाई हल गर्न कांग्रेस एमाले एक ठाउँमा हुनुपर्छ भन्ने मान्यता मेरो हो,’ उनले भने,‘ कांग्रेस त्यो बाटो मै छैन, कांग्रेस असंसदीय मान्यता,असंवैधानिक काम, कानुनको सर्वाेच्चतालाई कुल्चिने काममा छ,  हिजो सभामुखलाई जवरजस्ती सही गरायो, आज सभामुखलाई राजीनामा गराएर अमर्यादित काम गरेर सत्ता प्राप्त गर्न खोज्दैछ ।’

प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका पाँच बजे सकिंदैछ । सत्तारुढ गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर सरकारमा दाबी पेस गर्ने तयारी  गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?