+
+

आकाश र रेखा अभिनित फिल्म ‘हिंड्दा हिंड्दै’को ट्रेलर : प्रेममा उतारचढावको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते ११:४६

काठमाडौं । भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हिंड्दा हिंड्दै’को ट्रेलर सार्वजनिक भएको छ । आकाश श्रेष्ठ र रेखा शाहको शीर्ष भूमिका रहेको फिल्मको ट्रेलरमा मित्रता र प्रेममा आउने उतारचढावलाई चित्रण गरिएको छ ।

मिलन आले मगर निर्देशित फिल्मको ट्रेलरअनुसार रेखाको प्रेममा रहेका आकाश एक दुर्घटनापछि उनीबाट टाढिन खोजेको देखिन्छ । त्यसपछि घटनाक्रमले उतारचढावपूर्ण रुप लिन्छ । फिल्ममा सलोन बस्नेतको पनि महत्वपूर्ण भूमिका छ । जहाँ उनी चुलबुले स्वभावको रुपमा प्रस्तुत छन् ।

फिल्ममा सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ र बाल कलाकारमा अर्विन थिङ्गको पनि अभिनय छ । नारायण सुशील पंगेनी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माणमा भएको फिल्ममा सुशील पंगेनीको लेखन तथा निर्माण छ । विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता राज लामा हुन् । त्यस्तै प्रमोद कुमार तामाङ र महादेव शाह सहनिर्माता छन् ।

फिल्मको कथावस्तु युवापुस्तालाई मनपर्न सक्ने आशा आफूले लिएको निर्देशक मगरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?