+
+

४५ वर्ष पुरानो पर्यटन ऐन परिमार्जन गर्ने प्रक्रिया सुरू, सरकारले माग्यो सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १५:१४

१७ साउन, काठमाडौं । ४५ वर्ष पुरानो पर्यटन ऐन परिमार्जन गर्ने प्रक्रिया सुरु भएको छ ।

२६ असारमा मन्त्रिपरिषद्ले ऐन परिमार्जन गरी संघीय पर्यटन विधेयक तर्जुमा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको हो । सोही अनुसार मन्त्रालयले विधेयक निर्माणको काम सुरु गरेको जानकारी दिएको छ ।

नेपालमा अहिले पर्यटन एन २०३५ कार्यान्वयनमा रहेको छ । पर्यटन क्षेत्रमा विकसित नवीन विषयलाई कानुनमा समावेश गरी नेपालको पर्यटन क्षेत्रलाई सामाजिक र आर्थिक विकासको महत्वपूर्ण आधार बनाउने उद्देश्यसहित नयाँ ऐनको विधेयक निर्माण प्रक्रिया अगाडि बढेको मन्त्रालयले जनाएको छ ।

यस विधेयकका लागि व्यवसायी, पेशागत संघ संस्था, विज्ञ, अनुसन्धानकर्ताबाट सरकारले सुझाव मागेको छ ।
३० दिन भित्र मन्त्रालयमा नयाँ ऐनका लागि सुझाव पठाउन सकिने मन्त्रालयले उल्लेख गरेको छ ।

आगामी विधेयकले तीन वटै तहका सरकारबाट पर्यटन प्रवद्र्धनमा गर्ने योगदानसमेतलाई समट्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?