+
+

पूजाको रेस्टुरेन्टको पहिलो ग्राहक बनिन् गौरी मल्ल, तिरेको पैसालाई मन्दिरमा राख्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १६:५३

काठमाडौं । अभिनेत्री पूजा शर्माले प्रेमी युद्ध बानियाँसँग मिलेर ललितपुरको झम्सिखेलमा रेस्टुरेन्ट सञ्चालनमा ल्याउने तयारी गरेकी छन् । ‘ट्याग’ नामक यो रेस्टुरेन्ट आगामी शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउने पूजाले बताएकी छन् ।

तर यसको सफ्ट–लञ्च चाहिं भइसकेको छ । सेलिब्रिटीहरु उक्त रेस्टुरेन्टमा ग्राहकको रुपमा पुग्न थालेका छन् । शोभित बस्नेत र सलोन बस्नेत लगायतका कलाकारले त्यहाँ पुगेर मिडिया अन्तर्वार्ता पनि दिइसकेका छन् ।

एक वर्ष लामो तयारीपछि चार करोड रुपैयाँमा रेस्टुरेन्ट तयार भएको पूजाले बताइन् । यस्तोमा अभिनेत्री गौरी मल्ल पूजाको उक्त रेस्टुरेन्टको पहिलो ग्राहक बनेकी छन् । गौरीले उक्त रेस्टुरेन्टमा पुगेर खाएको खानाको तस्वीर सेयर गर्दै पहिलो ग्राहक भएको जनाएकी छन् । गौरीले रेस्टुरेन्टमा तिरेको पैसालाई पनि पूजाले मन्दिरमा राख्ने बताएकी छन् । उक्त पैसामा पूजाले गौरीको सम्मानमा केही शब्द पनि लेखेकी छन् ।

यसबारे गौरीले फेसबुकमा लेखेकी छन्, ‘भित्र छिर्दासम्म पनि हामीलाई थाहा थिएन, हामी पूजा-युद्धको पहिलो ग्राहक र पाहुना बन्दैछौं । उनले आफ्नो अफिस रुमबाट निस्किंदै उत्साहले ‘ओएमजी, हजुर मेरो फर्स्ट गेस्ट भनेर आशीर्वाद लिंदै हग गरेपछि बल्ल थाहा भो विशेष त हाम्रो पनि दिन रहेछ । जे होस्, हामीले केही समय त्यो सुन्दर मनोहर ठाउँमा आफ्नो समय पनि बितायौं । छलफल पनि गर्‍यौं र केही स्वादिला परिवारको पनि अवसर पायौं ।’

पूजाले फेसबुकमा बिलको फोटो पनि राखेकी थिइन् तर पछि थुप्रै टिप्पणी आएपछि हटाएकी छन् । कतिपयले पूजाको रेस्टुरेन्टमा मिल्क टीको मूल्य डेढ सय रुपैयाँ भन्दै कटाक्ष पनि गरेका छन् । साथीहरुसँग त्यहाँ पुगेकी गौरीले चार कप दूध चियासँगै दुई प्लेट चिकेन स्टिम म:म, एक प्लेट फ्रुट सलाद, एक प्लेट पनिर पकौडा र एउटा अमेरिकानो मगाएकी थिइन् । यसको बिल २ हजार ६०५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?