+
+

कोशीका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते १७:३२

१७ साउन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।

यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो । मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थन पनि लिएर थापा मुख्यमन्त्री भएका थिए ।

मुख्यमन्त्री थापासँगै तीन जना मन्त्रीले पनि शपथ लिएका छन् ।

माओवादी केन्द्रका बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्री, एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार र नेपाली कांग्रेसका प्रदीप सुनुवार पर्यटनमन्त्री बनेका छन् ।

माओवादीका गौतमले बुधबार मात्र सभामुख पदबाट राजीनामा दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?