+
+

बालकोटमा रीमासँग ओलीले खेले टेबलटेनिस, लिए चियाको चुस्की (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १६:२६
Photo Credit : Rajan Kafle

काठमाडौं । शुक्रबार एकाबिहानै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिभिजन पर्सनालिटी एवं अभिनेत्री रीमा विश्वकर्मासँगको तस्वीर फेसबुकमा सेयर गरे । ओलीको भान्साकोठाको उक्त तस्वीरमा रीमासँग उनले चियाको चुस्की लिइरहेको देख्न सकिन्छ ।

उक्त फोटोको क्याप्सन थियो- ‘कलाकार रीमा विश्वकर्मासँग आफ्नै घर बालकोटमा चिया पिउँदै गरेको यो तस्वीरसँगै सबैलाई नमस्कार, शुभ बिहानी । तपाईंहरू पनि चियाको आनन्द लिनुस् है ।’

रीमाले पनि ओलीसँग चिया पिएको, गफगाफ गरेकोदेखि टेबल टेनिस खेलेकोजस्ता तस्वीर सेयर गरेकी छन् । ओलीसँगको भेटपछि रीमाले आफूलाई ओली प्रभावशाली व्यक्ति लागेको बताएकी छन् ।

उनी लेख्छिन्, ‘खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रैछ । नेता केपी ओलीका धेरै परिप्रेक्ष्यसँग मेरो सहमति नहोला तर व्यक्ति ‘केपी बा’ चैं वास्तवमै प्रभावशाली लाग्यो । परिवर्तन रूचाउने नयाँ पुस्ताले यी पाका नेताको अनुभव पनि आत्मसात गर्न सके नयाँ नेपाल साँच्चै गज्जबको बन्थ्यो होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?