+
+

४० वर्षदेखि सेवा केन्द्रले भोगचलन गर्दै आइरहेको १ रोपनी जमिन महानगरको स्वामित्वमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १५:२९

१९ साउन, काठमाडौं । ४० वर्षदेखि महिला सेवा केन्द्रले भोगचलन गर्दै आइरहेको करिब १ रोपनी जमिन काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

काठमाडौं महानगरपालिका–१० स्थित बानेश्वरमा रहेको उक्त जमिनसम्बन्धी कागजात केन्द्रकी पूर्वअध्यक्ष सूर्यकुमारी श्रेष्ठले वडाध्यक्ष रामकुमार केसीमार्फत महानगरलाई हस्तान्तरण गरेकी हुन् ।

शुक्रबार केन्द्रले हस्तान्तरण गरेको जमिनमा पार्क निर्माणका लागि वडाले विस्तृत परियोजना प्रतिवेदन समेत तयार पारिसकेको वडाध्यक्ष केसीले बताए ।

‘यहाँ पार्क बनाउन करिब ५० लाख रुपैयाँ विनियोजन भइसकेको छ । यसलाई सबैले मेरा लागि हो भन्ने महसुस हुने गरी पार्क बनाउने छौं’ वडाध्यक्ष केसीले भने ।

महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र उपयोगका विषयलाई प्राथमिकतामा राखेको भन्दै उनले भने, ‘वडाले सार्वजनिक जग्गा व्यक्तिगत लाभमा दिन त परै जाओस् यस विषयमा कल्पना पनि गरिँदैन ।’

४० वर्ष अगाडि तत्कालीन वडा कार्यालयबाट केन्द्रलाई जग्गा प्राप्त भएको केन्द्रकी पूर्व अध्यक्ष श्रेष्ठले बताइन् ।

महानगरसँग स्वामित्व भएको उक्त जग्गामा केदारेश्वर महादेव मन्दिर रहेको छ । वडा सदस्य सतिश तण्डुकारका अनुसार उक्त जग्गाको केही भागमा सडक परेको छ । ‘सडक निर्माण गर्दा मन्दिर केही भित्र सारिएको थियो । अहिले करिब १ रोपनी जग्गा बाँकी छ,’ केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?