+
+

एसएमएसमार्फत् सर्वसाधारणलाई बाढी सम्बन्धी पूर्वसूचना प्रवाह गर्दै एनसेल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते २०:०९

काठमाडौ‌ं । एनसेलले वर्षायामको समयमा बाढीबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि एसएमएसमार्फत् सर्वसाधारणलाई पूर्वसूचना प्रवाह गर्ने कार्यलाई यो वर्ष पनि जारी राखेको छ । एनसेलका अनुसार गत २ महिनामा बाढीसँग सम्भावित जोखिमबारे ४४ लाख वटा भन्दा बढी एसएमएस मार्फत् सर्वसाधारणलाई पूर्वसूचना प्रवाह गरेको छ ।

एनसेलले हरेक वर्ष बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने जनसमुदायलाई बाढीको जोखिमबारे एसएमएस मार्फत पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षति न्यूनीकरण गर्न योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

एनसेलका अनुसार यो वर्ष एसएमएस मार्फत पूर्वसूचना प्रवाह गरिएका क्षेत्रहरुमा नारायणी, कंकाई, बागमती, बबई, राप्ती, कोशी, कर्णाली लगायत मुख्य नदीका तटीय क्षेत्र र वरपरका समुदायहरु रहेका छन् ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएआर) अन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ देखि नै पूर्वसूचना प्रवाह गदै आएको छ ।

एनसेल र विभागको यस पूर्वसूचना प्रणाली सहकार्य अन्तर्गत, एनसेलले विषेशगरी वर्षायाममा जोखिम सम्बन्धी पूर्वसूचना एसएमएस मार्फत प्रवाह गदै आएको छ । यस पूर्वसूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई आ–आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ ।

एनसेलका अनुसार विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थाहरुलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्याउँछ । पानीको सतह सामान्य अवस्थामा फर्किए पछि पनि तत्काल कुनै खतरा नरहेको जानकारी त्यस क्षेत्रका मानिसले एसएमएस मार्फत पाउँछन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले प्राविधिक विशेषज्ञता र नेटवर्क पहुँचको सदुपयोग गर्दै समयमा नै बाढीको पूर्वसूचना प्रवाहमार्फत बाढी र त्यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि सहयोग गर्न पाएकोमा खुशी लागेको बताए ।

महाशाखाका अनुसार जोखिम क्षेत्र भनेर पहिचान गरिएका क्षेत्रहरुभित्र रहेका समुदायबाहेक, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र जस्ता विपद् जोखिम न्यूनीकरण कार्यमा संलग्न संस्थाहरु पनि आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि यस्ता एसएमएस अलर्ट पठाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?