+
+

महिलाको शव मकैबारीमा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १७:३७

२१ साउन, दाङ । सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव भेटिएको  छ ।

शारदा नगरपालिका-१४ माल्नेटा ढारखानीकी करिब ४७ वर्षकी प्रमिला गिरीको आइतबार बिहान गाउँ नजिकै मकैबारीमा शव फेला भेटिएको हो ।

बिहानै घरबाट घाँस काट्न  गएकी महिला घर नआएपछि परिवारले खोजी गर्दा मकैबारीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

घटनाको प्रकृति हेर्दा महिलाको हत्या गरेको हुन सक्ने प्रहरी निरीक्षक सन्तोष खनालले बताए । यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?