+
+

सिटीलाई हराउँदै आर्सनलले जित्यो एफए कम्युनिटी शिल्ड

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते ७:१४

२२ साउन, काठमाडौं । म्यानचेस्टर सिटीलाई टाईब्रेकरमा ४-१ ले पराजित गर्दै आर्सनलले एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

उपाधिका लागि आर्सनलका गोलरक्षक आरोन राम्सडेल नायक बने। यस जितसँगै आर्सनलले सिजनको सुखद सुरुवात गरेको छ ।

सिटीका लागि भने यो खेल बिर्सन लायक बन्यो ।६४औं मिनेटमा हालान्डलाई प्रतिस्थापन गर्दै मैदान छिरेका युवा खेलाडी कोल पाल्मरका लागि व्यक्तिगत सफलता मिले पनि टिको पक्षमा नतिजा आएन ।

निर्धारित समयमा १-१ बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

कोल पाल्मरले खेलको दोस्रो हाफको ७७ ‍औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।  निर्धारित ९० मिनेटसम्म खेल सिटीको पक्षमा थियो । इन्जुरी समयको  ११औं  मिनेटमा लिआन्द्रो ट्रोसर्डले गोल गर्दै खेललाई टाइब्रेकरमा पुर्‍याए ।

८ मिनेटको इन्जुरी समयमा पनि खेलाडी घाइते हुँदा खेलको इन्जुरी समय ११ मिनेटसम्म लम्ब्याइएको थियो । जसको फाइदा आर्सनलले उठायो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?