+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बुद्ध एयरको टिकट खरिद गर्दा आईएमई पेबाट भुक्तानी गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते १३:४१

काठमाडौं । बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आईएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ । २१ साउनमा आईएमई पे र बुद्ध एयर बीच भुक्तानी सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार अब यात्रुहरूले टिकट खरिद गर्ने क्रममा आईएमई पे छनोट गरी सजिलै पैसा तिर्न सक्ने छन् । साथै प्रत्येक भुक्तानीमा चन्द्रागिरी केवलकारको निःशुल्क कुपन पनि प्राप्त गर्न सक्ने छन् ।

आईएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने, साथै आफ्ना प्रयोगकर्ताहरूको हवाई यात्राको अनुभवलाई थप सहज तथा सहुलियतपूर्ण बनाउने उद्देश्यले यो सम्झौता गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?