+

मोहमद सलाह लिभरपुलमै प्रतिबद्ध

२०८० साउन  २२ गते १६:३४ २०८० साउन २२ गते १६:३४
मोहमद सलाह लिभरपुलमै प्रतिबद्ध

२२ साउन, काठमाडौं । लिभरपुलका फरवार्ड मोहमद सलाह साउदी अरेबिया जाने हल्ला चलिरहेका बेला उनका एजेन्टले उनी इंग्लिस क्लबमै प्रतिबद्ध रहेको बताएका छन् ।

साउदी समाचारपत्रले सलाहलाई अल इत्तेहाद क्लबले ठूलो रकम प्रस्ताव गरेको दाबी गरेको थियो । जसमा सलाहलाई १५ करोड ५० लाख पाउण्ड बराबरको रकममा दुई वर्षको सम्झौताका लागि प्रस्ताव गरिएको उल्लेख छ ।

३१ वर्षीय सलाहले गत समरमा लिभरपुलसँग तीन वर्षको नयाँ सम्झौता गरेका थिए । उनको सम्झौता जुन २०२५ सम्म छ ।

‘मोहमद लिभरपलुमै प्रतिबद्ध छन्’, सलाहका एजेन्ट रामी अब्बासले सामाजिक सञ्जालमा पोष्ट गरेका छन्, ‘यही हामीले लिभरपुल छाड्ने सोचिरहेको भए गत समरमा सम्झौता नवीकरण नै गर्ने थिएनौँ ।’

लिभरपुलका मिडफिल्डर फाबिन्हो र जोर्डन हेन्डरसन इंग्ल्याण्ड छाडेर अल इत्तेहाद र एल इत्तिफाक पुगिसकेका छन् ।

यस्तै लिभरपुल छाडेका रोबर्टो फिर्मिनो पनि अल अहली पुगेका छन् । लिभरपुलसँग सम्झौता सकिएपछि उनीहरु सम्झौता नवीकरण नगरी साउदी क्लब लागेका हुन् ।

२०१७ मा इटालियन क्लब रोमाबाट लिभरपुल पुगेका सलाहले त्यहाँ ३०५ खेलमा १८६ गोल गरेका छन् ।

इजिप्टका खेलाडी सलाहले लिभरपुलबाट च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, लिग कप, फिफा क्लब विश्वकप र युइएफए सुपर कप जितेका छन् । उनले तीन पटक प्रिमियर लिग गोल्डेन बुट समेत जितेका छन् ।

मोहमद सलाह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय