+
+

‘गदर २’ ले ३० करोड र ‘ओह माइ गड २’ ले आठ करोडको ओपनिङ गर्ने प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १३:४३

काठमाडौं । बलिउडका दुई ठूला फिल्म सनी देओलको ‘गदर २’ र अक्षय कुमारको ‘ओह माइ गड २’ शुक्रबार भारतसहित विश्वभर रिलिज हुँदैछन् । दुवै फिल्मलाई लिएर दर्शकमा उत्साह छ ।

अहिलेसम्मको अवस्था हेर्दा सिनेमा हलमा गदर २ को माहोल अरु दमदार हुने देखिन्छ । अग्रिम टिकट बिक्रीको ट्रेण्ड हेर्दा ‘ओह माइ गड २’ सनी फिल्मको तुलनामा पछाडि देखिन्छ । फिल्म रिलिज हुन चार दिन बाँकी रहँदा भारतमा गदर २ को ६१ हजारभन्दा बढी टिकट बुकिङ भएको छ । शुक्रबार रिलिजको दिनसम्म दुई लाख टिकट ब्रिक्री हुन सक्ने प्रक्षेपण गरिएको छ ।

उता अक्षयको ‘ओह माइ गड २’ को सोमबारसम्म करिब नौ हजार टिकट बुकिङ भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म ५० हजार हाराहारीमा टिकट बिक्रीका साथमा रिलिज हुने प्रक्षेपण छ ।

‘ओह माइ गड २’ १५ सय स्क्रिनमा रिलिज हुँदैछ भने ‘गदर २’ ले ३५ सय स्क्रिन पाएको छ । टिकट बुकिङको ट्रेण्ड हेर्दा ओह माइ गड २ ले आठ करोड र गदर २ ले ३० करोड भारुको ओपनिङ गर्न सक्ने अनुमान गरिएको छ ।

सन् २०११ को हिट फिल्म ‘ओह माइ गड’को दोस्रो शृंखलामा अक्षयका साथै पंकज त्रिपाठी र यामी गौतमको मुख्य भूमिका छ । फिल्मलाई अमित रायले लेखन तथा निर्देशन गरेका हुन् ।

यस्तै सन् २००१ मा रिलिज भएको ‘गदर’को सिक्वेलमा सनीका साथै अमिषा पटेल र उत्कर्ष शर्मा शीर्ष भूमिकामा छन् । फिल्मलाई अनिल शर्माले निर्देशन गरेका हुन् ।

शुक्रबार नै दक्षिण भारतीय सुपरस्टार ‘जेलर’ पनि रिलिज हुँदैछ । टिकट बुकिङमा पनि आक्रामक रहेको यो फिल्म रिलिज हुने दिन चेन्नई, बैंग्लोरलगायत सहरमा कर्मचारीलाई बिदा समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?