+
+

यी हुन् विश्वमै सर्वाधिक सब्सक्राइबर भएका १५ युट्युब च्यानल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १२:३८

लोकप्रिय भिडियो स्ट्रिमिङ साइट युट्युबमा हरेक दिन अरबौं मिनेटका भिडियो हेरिन्छ र करोडौं मानिसहरुका लागि युट्युब आम्दानीको सबैभन्दा गतिलो माध्यम पनि बनिरहेको छ ।

कतिपय युट्युबर तथा उनीहरुको युट्युब च्यानलहरु विश्वचर्चित छन् जसमा करोडौं सब्सक्राइबर्स छन् ।

वर्ल्ड अफ स्टेटिस्टिक्सले विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर्स भएका युट्युब च्यानलको सूची सार्वजनिक गरेको छ।

उक्त सूची अनुसार विश्वमा सर्वाधिक सब्सक्राइबर्स रहेको युट्युब च्यानल भारतको T-Series  हो । टि सिरिजको च्यानलमा २४ करोड ६० लाख सब्सक्राइबरहरु छन् ।

दोस्रो स्थानमा रहेको MrBeast युट्युब च्यानलमा १७ करोड १० लाख सब्सक्राइबर छन् ।

सर्वाधिक सब्सक्राइबर्स रहेका शीर्ष १५ युट्युब च्यानलको सूची यस्तो छ :

1. T-Series – २४ करोड ६० लाख
2. MrBeast – १७ करोड १० लाख
3. Cocomelon – Nursery Rhymes – १६ करोड ३० लाख
4. SET India – १६ करोड
5. Kids Diana Show – ११ करोड ३० लाख
6. PewDiePie – ११ करोड १० लाख
7. Like Nastya – १० करोड ६० लाख
8. Vlad and Niki – ९ करोड ९० लाख
9. Zee Music Company – ९ करोड ७० लाख
10. WWE – ९ करोड ६० लाख
11. Blank Pink – ९ करोड
12. Goldmines – ८ करोड ७० लाख
13. Sony SAB – ८ करोड ३० लाख
14. 5-Minute Crafts – ८ करोड
15. BTS – ७ करोड ५० लाख

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?