+
+

प्रादेशिक अस्पताल जनकपुरको मोडुलर ओटी सञ्चालनमा आयो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १८:२६

२४ साउन, जनकपुरधाम । प्रादेशिक अस्पताल जाकपुरमा एक वर्षअघि उद्घाटन गरेर प्रयोगबिहीन रहेको मोडुलर ओटी (विशिष्ट शल्यक्रिया कक्ष) सञ्चालनमा आएको छ ।

युरो जेनरल र अर्थो विशिष्ट शल्यक्रिया कक्ष सञ्चालनमा  आएको अस्पतालक प्रवक्ता चर्मरोग विशेषज्ञ डा. रामज्ञान यादवले जानकारी दिए । उनले अब ल्याप्रोस्कोपी विधिबाट पनि बिरामीको शल्यक्रिया सुरु भएको बताए ।

न्यूरो सम्बन्धी जनशक्ति नभएका कारण न्युरो ओटी सञ्चालनमा ल्याउन नसकेको उनको भनाइ छ । ‘प्रादेशिक अस्पतालमा न्यूरो सम्बन्धी विशेषज्ञ छैन । हामीले खोजी गरिरहेका छौं । जनशक्ति भेटिए लगतै न्युरो सर्जरी पनि सुरु हुन्छ’, उनले भने ।

मधेश सरकारले करिब १० करोड खर्चेर तीनवटा मोडुलर ओटी एक वर्षअघि स्थापना गरेको थियो । ३० भदौ २०७९ मा तत्कालीन सामाजिक विकास मन्त्री नवलकिशोर साहले नवनिर्मित तीनवटा मोडुलर अपरेशन थिएटरको उदघाटन गरेका थिए ।

तर वर्षदिन बित्न लाग्दा समेत सञ्चालनको कुनै अत्तोपत्तो थिएन । यसबारेमा अनलाइनखबरले सोमबार प्रकाशन समेत गरेको थियो ।

प्रादेशिक अस्पतालमा पहिलादेखि दुईवटा शल्यक्रिया कक्ष मात्र सञ्चालनमा छ । जनशक्ति अभावमा दुईवटा शल्यक्रिया कक्षबाट दिन तोकेर पालैपालो उपचार सेवा दिने गरिएको छ । जटिल प्रकृतिका  बिरामी अन्यत्र रेफर गर्ने गरिन्छ ।

मधेश प्रदेश सरकको ठूलो र गौरवको प्रादेशिक अस्पताल पछिल्लो समय मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको छ ।

हाल ३५० बेडको अस्पताल सय बेड धान्ने जनशक्तिले चलिरहेको अस्पतालका प्रवक्ता डा. यादवले बताए ।

जनशक्ति पदपूर्ति नभएसम्म शल्यक्रिया बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने छ । ईमर्जेन्सी बाहेकका बिरामीले शल्यक्रियाका लागि पालो कुर्नै पर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?