+
+

कानुन मन्त्री धनराज गुरुङ अस्वस्थ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १४:१४

२५ साउन, काठमाडौं । कानुन मन्त्री धनराज गुरुङ बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।

गुरुङ त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएको स्वकीय सचिव प्रेम केसीले जानकारी दिए ।

अस्वस्थ्य भएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पुगेका उनलाई अस्पतालले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरेको हो ।

केसीका अनुसार गुरुङ ब्लड प्रेसर घटेर कमजोर महसुस भएपछि अस्पताल गएका थिए । अहिले गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको केसीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?