+
+

हालान्डको २ गोलमा सिटीको विजयी सुरुआत

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २७ गते ८:१२

२७ साउन, काठमाडौं । एर्लिङ हालान्डको दुई गोलमा साविक विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिगको नयाँ सिजन विजयी सुरुआत गरेको छ ।

शुक्रबार राति भएको खेलमा च्यामपियन सिटीले च्याम्पियनसिपको विजेता बनेर प्रिमियर लिगमा बढुवा भएको बर्नलीलाई ३-० ले हरायो ।

बर्नलीको मैदान टर्फ मुरमा भएको खेलमा हालान्डले खेलको चौथो मिनेटमै रोड्रीको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । यस्तै हालान्डले ३६औं मिनेटमा जुलियन अल्भारेजको पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।

सिटीका लागि तेस्रो गोल ७५औं मिनेटमा रोड्रीले गरे ।

बर्नलीका अनास जाराउरीले इन्जुरी टाइममा रातो कार्ड पाएका थिए ।

प्रिमियर लिगमा शनिबार ६ खेल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?