+
+

माओवादी बैठकमा मन्त्री मोदी : ३ महिनाअघि नै राजीनामा दिएको छु, प्रधानमन्त्रीले निर्णय गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १७:३६

२८ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले तीन महिनाअघि प्रधानमन्त्री प्रचण्डलाई आफूले राजीनामा बुझाइसकेको खुलासा गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्र तर्फका मन्त्री तथा पार्टी पदाधिकारीको जारी बैठकमा मन्त्री मोदीले आफूले ३ महिनाअघि नै राजीनामा दिएको खुलाउँदै आफू प्रधानमन्त्रीको निर्णय पर्खिरहेको बताए ।

‘काम गर्नका लागि एकदमै अप्ठेरो भयो, सरुवा बढुवा नियुक्तिमै मैले धेरै झमेला ब्यहोर्नुप¥यो’, मोदीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसरी काम गर्ने वातावरण नभइसकेपछि मन्त्रीमा बसिरहनु उपयुक्त लागेन प्रधानमन्त्रीज्यू, मलाई बिदा दिनुप¥यो । पार्टी र संसदको काम गर्छु भनेर तीन महिनाअघि नै राजीनामा लिखित दिएको छु ।’

मोदीका सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा मोदीले कर्मचारी सरुवामा आफूलाई अप्ठेरो पर्दा पनि सहयोग नगरेको भन्दै राजीनामा दिने बताएका थिए । त्यतिबेला उनले राजीनामा पत्र लिएर गए पनि बुझाएका भने थिएनन् ।

त्यसबेला प्रधानमन्त्री प्रचण्डले ‘अहिले राजीनामा नदिनुहोस्, संघीय निजामती ऐन पनि ल्याउनुछ, मैले काम गर्न सहज हुने विधि बनाउन भूमिका खेल्छु’ भनेर जवाफ दिएका मोदीको सचिवालय स्रोतले बताएको छ ।

आइतबार बालुवाटार बैठकमा मोदीले त्यही घटना स्मरण गर्दै प्रधानमन्त्रीको निर्णय पर्खिएको बताएका हुन् ।

प्रचण्डले माओवादी केन्द्रका कुनै मन्त्री हटाएर जनमत पार्टीकी अनिता देवीलाई मन्त्री बनाउन चाहेका छन् । तर को मन्त्री हटाउने भन्ने पक्का भइसकेको छैन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री चितवनबाट आउन ढिलो भएको, तथा माओवादी बैठक लम्बिएकाले गर्दा आज आइतबार मन्त्रीबारे निर्णय नहुने जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले आइतबार परामर्शमै समय लिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?