+

चेल्सी र लिभरपुलको बराबरी

२०८० साउन  २९ गते ७:२५ २०८० साउन २९ गते ७:२५
चेल्सी र लिभरपुलको बराबरी

२९ साउन, काठमाडौं । प्रिमियर लिगमा चेल्सी र लिभरपुलले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

घरेलु  मैदान स्टानफोर्डब्रिजमा भएको खेलमा एक गोलले पछि परेको चेल्सीले बराबरी गोल फर्काएको हो ।

खेलको १८औं मिनेटमा लुइस डियाजले मोहमद सालाहाको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

त्यसपछि सालाहा आफैले २९औं मिनेटमा गोल गरेका थिए । तर भिएआरले अफसाइड दियो ।

३७औं मिनेटमा एक्सल डिसासीले चेल्सीका लागि बराबरी गोल गरे । उनले बेन चिलवालको पासमा गोल गरे । चिलवालले आफैंले ३९औं मिनेटमा गोल गरे पनि भिएआरले मान्यता दिएन ।

बराबरीपछि दुवैले १-१ अंक जोडेका छन् । लिगकै अर्को खेलमा टोटेनहम र ब्रेन्टफोर्डले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय