+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

जनकपुर न्यूरो हस्पिटलमा बिरामीको मृत्युबारे मानव अधिकार आयोगको चासो

, प्रशासन कार्यालयसँग माग्यो विवरण

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १३:०१

२९ साउन, जनकपुरधाम । जनकपुर न्यूरो हस्पिटलको लापरबाहीले बिरामीको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ ।

आयोगको क्षेत्रीय कार्यालय जनकपुरले आइतबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरी घटनामा हालसम्म भएको अनुसन्धानको जानकारी पठाउन निर्देशन दिएको हो ।

गत साउन १७ गते साँझ सर्लाहीको कौडेना गाउँपालिका–२ फुलपरासीका ४५ वर्षीय विन्देश्वर मण्डललाई परिवारका सदस्यले उपचारका लागि जनकपुर न्यूरो हस्पिटल भर्ना गरेको थियो । राति ९ बजे टाउकोको शल्यक्रिया गरेपछि हस्पिटलले साढे ९ बजे दुबै मृगौला फेल भएको जानकारी गराएको थियो । उपचार खर्च २ लाख ४० हजार रुपैयाँ लिएर हस्पिटलले साउन १९ गते बिरामीको उपचार सम्भव नभएको भन्दै डिस्चार्ज गरेको थियो । घर फर्केको भोलिपल्ट बिहान साढे ७ बजे मृत्यु भएको थियो ।

यही घटना विषयमा हालसम्म भएको अनुसन्धानसहितको पूर्ण जानकारी दिन आयोगले जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको हो ।

‘… घटना विषयमा के कस्तो अनुसन्धान प्रक्रिया अघि बढाइएको छ, सम्पूर्ण जानकारी यथाशीघ्र राष्ट्रिय मानव अधिकार आयोगलाई पठाइदिनु हुन मानव अधिकार ऐन २०६८ को दफा २१ बमोजिम निर्देनानुसार अनुरोध गरिन्छ’ आयोगले प्रशासन कार्यालय र प्रहरीलाई लेखेको पत्रमा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आयोगको पत्र आएको पुष्टि गरेको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले उक्त घटनाका विषयमा अनुसन्धान गरिरहेको र अस्पतालको वैधानिकताको विषयमा पनि सञ्चालकलाई बोलाएर कागजात माग गरेको बताए ।

‘सञ्चालकलाई बोलाएर के कहाँबाट अनुमति लिएर संचालन गरेको हो, यथासिघ्र कागजात ल्याउनु भनेका छौं । नभए हस्पिटल बन्द गरिदिने पनि चेतावनी दिएका छौं’, प्रजिअ दहालले भने ।

गत डेढ वर्षदेखि जनकपुरको मुरलीचोकमा डा. विजय राउत र इन्जिनियर अजय राउतले संचाल गरेको जनकपुर न्यूरो हस्पिटल हालसम्म सरकारबाट अनुमति लिएको छैन ।

अवैध रुपमा संचालित यस हस्पिटलमा पटक पटक उपचारमा लापरबाही, मनपरी उपचार खर्च असुल्ने, तिर्न नसके बन्धक बनाउने जस्ता काम गर्दै आएपनि सम्बन्धित निकाय नियमन तथा कारबाही गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?