 
																			३१ साउन, दाङ । नेपाल सरकारकी प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले खोलेका सबै प्रकरणको छानबिन निष्कर्षमा पुग्ने बताएकी छन् ।
उनले सरकारले खोलेका सबै खालको प्रकरणको फाइल गम्भिरताका साथ हेरिरहेको बताएकी छन् । अहिले ती प्रकरणहरुमा अनुसन्धान भइरहेको र सबै निश्कर्षमा पुग्ने उनले बताइन् ।
दाङमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘विगतका प्रकरणमा भएका अनुसन्धान हेर्दा बीचैमा रोकिन्छ की भन्ने आशंक उठ्नु स्वभाविक छ, तर अहिले त्यस्तो छैन ।
‘सररकाले आफ्नै घरको मान्छेलाई पनि छोड्दैन भन्ने कमिटमेन्ट गरेको छ, प्रधानमन्त्री स्यवम्ले पनि यसो भन्नु भएको छ ।’ अहिले भइरहेका प्रकरणहरु छिट्टै निश्कर्षमा पुग्ने उनले विश्वास व्यक्त गरिन् ।
उनले सरकारले भर्खरै खोलेको गिरीबन्धु टी इस्टेट फाइल पनि अघि बढेको बताइ् । ‘गिरीबन्धु टी इस्टेट प्रकरण लगायतका अन्य थुप्रै भष्ट्रचार सम्बन्धीका चर्चित काण्डहरु हामी सामु छन्, तीनमा कहाँ के बदमाशी भएको खोजतलास जरुरी छ’ उनले भनिन्, ‘त्यो प्रक्रियामा अघि बढेका छौं, त्यो गर्छौं पनि । कुन- कति बेला हुन्छ अनुसन्धानले बताउँने कुरा हो, अनुस्न्धानबाट जुन प्रकरणमा बढी आधार खुल्छ त्यसैलाई पहिला अघि बढाउँछौं ।’
उनले सरकारले खोलेको सबैखाले प्रकरणमा अनुसन्धानले निकाश पाउँने भन्नेमा विश्वास व्यक्त गरिन् । उनले यसमा मिडिया र जनताको साथ सहयोग आवश्यक पर्ने बताइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4