+
+

अक्षय कुमारको ‘वेलकम ३’ सन् २०२४ को क्रिसमसमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते १२:२८

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको हिट फ्रेन्चाइजी ‘वेलकम’को तेस्रो शृंखला ‘वेलकम टु द जंगल’को हालै घोषणा गरिएको थियो । यो फिल्ममा अक्षय कुमार शीर्ष भूमिकामा हुनेछन् भने नाना पाटेकर र अनिल कपुरको स्थानमा सञ्जय दत्त र अरशद वारसी देखिनेछन् ।

यसैबीच निर्माता फिरोज नाडियाडवालाले ‘वेलकम ३’ को रिलिज मिति तय गरेका छन् । यो फिल्म सन् २०२४ को क्रिसमसमा रिलिज हुने भएको छ ।

‘जोली एलएलबी ३’ र ‘हाउसफुल ५’ को छायांकन पूरा गरिसकेपछि अक्षयले ‘वेलकम ३’ को सुटिङ सुरु गर्ने जनाइएको छ । निर्माता नाडियाडवालाले यो फ्रेन्चाइजी कमेडी फिल्मको तेस्रो शृंखला सैनिक एक्सनको पृष्ठभूमिमा आधारित हुने जनाएका छन् ।

फिल्मको ६५ देखि ७० प्रतिशत छायांकन जंगलमा गरिने जनाइएको छ । फिल्मको छायांकन आगामी वर्षको सुरुवातबाट गरिने नाडियाडवालाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?