+
+

सर्लाहीमा पेस्तोलसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते ९:१०

३ भदौ, काठमाडौं । सर्लाहीमा दुई वटा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

सशस्त्रको बोर्डर आउट पोस्ट ( बिओपी ) संग्रामपुरले शनिबार राति सर्लाहीकै हरिपुर्वा नगरपालिका-६ का प्रकाश यादव र जीवन राय यादवलाई पक्राउ गरेको हो ।

उनीहरू बिआर१९जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा गाउँपालिका-६ हुँदै भारतबाट नेपाल आउँदै थिए ।

चेकजाँचका क्रममा पेस्तोल र गोली भेटिएपछि उनीहरू पक्राउ पेका हुन् । उनीहरूको साथबाट नगद ११ हजार ६८० र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएको छ ।

बरामद सामानसहित दुवै जनालाई कारबाहीका लागि शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाइएको सशस्त्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?