+
+

शिक्षामा दलित महिलाको पहुँच पुर्‍याउन ‘सासुको इच्छा, बुहारीलाई शिक्षा’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १७:५१

३ भदौ, काठमाडौं। सिन्धुलीको तीनपाटन गाउँपालिकाले उच्च शिक्षामा दलित महिलाको पहुँच पुर्‍याउन  ‘सासुको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाले आइतबार सूचना जारी गर्दै गाउँपालिकाले तीनपाटन गाउँपालिकाभित्र रहेको तीन वटा सरकारी तथा सामुदायिक क्याम्पसमा स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरिरहेका र गर्न चाहने दलित महिला (छोरी तथा बुहारी)लाई क्याम्पस भर्ना तथा मासिक शुल्क गाउँपालिकाले बेहोर्ने जनाएको छ ।

पालिकाले बुहारी भए सासु र छोरी भए आमाले भर्ना गर्नुपर्ने, आमा अथवा सासु नभए परिवारमा नभएका एकासगोल परिवारभित्रका अन्य महिला नातेदारले छोरी वा बुहारीको भर्ना गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।

यी दुवै बमोजिमको अभिभावक समेत नभए सम्बन्धित वडाको महिला वडा सदस्यले भर्ना गर्न लानुपर्ने र क्याम्पसले सोही अनुसार भर्ना गरिदिने व्यवस्था जनाएको छ । भर्ना हुँदाका बखतको फोटो अनिवार्य खिच्नुपर्ने पालिकाले सूचनामा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?