+
+

‘वडा नम्बर ६’को सिक्वेल बनाउँदै दीपक-दीपा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १५:२८
‘वडा नम्बर ६’ फिल्मको एक दृश्यमा केदार घिमिरे, दीपकराज गिरी र दयाहाङ राई ।

काठमाडौं । फिल्म निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले २०७२ सालको चर्चित फिल्म ‘वडा नम्बर ६’को सिक्वेल निर्माणको तयारी थालेका छन् । अनलाइनखबरसँग कुरा गर्दै दीपकले अहिले पटकथा लेखनमा काम भैरहेकोे जानकारी दिए ।

‘अहिले तीनवटा फिल्ममा काम भइरहेको छ, जसमध्ये एउटा वडा नम्बर ६ हो’ दीपकले भने, ‘यी तीनमध्ये कुनै एउटा फिल्मको सुटिङ मंसिरदेखि थाल्ने हाम्रो तयारी छ ।’ यसै महिनाको सुरुआतमा अनलाइनखबरसँग कुरा गर्दै दीपकले ‘वडा नम्बर ६’कै शैली अर्थात् सामाजिक र हास्यव्यंग्य कथावस्तुमा फिल्म बनाउने भन्दै यस्तो संकेत गरेका थिए ।

‘वडा नम्बर ६’ लाई उज्वल घिमिरेले निर्देशन गरेका थिए भने यसमा दीपकसहित धुर्मुस, दयाहाङ राई, माग्ने बुढा, मुन्द्रे, प्रियंका कार्की लगायतको अभिनय थियो । फिल्मलाई दीपक र दीपाले संयुक्त रुपमा निर्माण गरेका थिए । यो फिल्मलाई समीक्षकले रुचाएका थिए । यो नयाँ फिल्मलाई दीपाश्रीले निर्देशन गर्ने तय छ ।

यसवर्ष निर्माण गरेर आउँदो वर्ष प्रदर्शन गर्ने तयारी छ । दीपक-दीपा अहिले नयाँ बानेश्वर चोकमा बनिरहेको मल्टिप्लेक्स हल सञ्चालनको अन्तिम तयारीमा छन् । यो हल बलिउड फिल्म ‘जवान’लाई लक्षित गर्दै भदौ १५ देखि २१ गतेभित्र सञ्चालनमा आउने दीपकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?