+
+

संसद बैठक सूचना टाँसेर स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १५:१२
फाइल तस्वीर

५ भदौ, काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ । दलहरु समिति गठन गर्न सहमत भए पनि समितिको संरचना र कार्यक्षेत्र टुंगिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?