+
+

अर्पण थापा स्टारर वेब सिरिज ‘ब्रह्माण्ड’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १७:४५

काठमाडौँ । कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोजले निर्माण गरेको वेब सिरिज ‘ब्रह्माण्ड’को टिजर सार्वजनिक भएको छ । नेपाली, अंग्रेजी र हिन्दी भाषामा सार्वजनिक टिजर थ्रिलर जनरामा निर्माण भएको छ ।

ओटीटी प्लेटफर्मको लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै सिरिज निर्माण गरिएको निर्माताले जनाएका छन् । आठ एपिसोडको सिरिजको प्रत्येक एपिसोडको लम्बाइ एक घण्टाको छ ।

रियाज नाटक्कारले निर्देशन गरेको सिरिजका कार्यकारी निर्माता सागरराज आचार्य हुन् । एकेडेमीका कार्यकारी अधिकृत प्रकाश पुरी क्रिएटिभ प्रोड्युसर हुन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको सिरिजमा अर्पण थापा, सुनिल थापा, भोलाराज सापकोटा, निशा अधिकारी, राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज विष्ट, सुप्रज्ञा शर्मा र सञ्जय ढुंगानाको अभिनय छ । यसअघि एकेडेमीले ‘मिस स्कार्लेट’ नामक साइको थ्रिल सिरिजको टिजर सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?