+
+

कर्णाली प्रदेश योजना आयोगको सदस्यमा जीतबहादुर शाह नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते ९:३६

७ भदौ, सुर्खेत । कर्णाली प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा जीतबहादुर शाह नियुक्त भएका छन् ।

कर्णाली प्रदेश सरकारको आइतबार  बसेको मन्त्रिपरिषद्को बैठकले शाहलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ३ को उपदफा (२) को खण्ड (ग) बमोजिम आयोगको सदस्यमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव  विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

कालागाउँ-५ सल्यानका शाह हाल बाँकेको नेपालगञ्जमा बस्दै आएका छन् । नेपाल सरकारको पूर्वउपसचिव रहेका शाह २८ वर्ष शिक्षा सेवामा रहेका काम गरे । त्यसक्रममा उनले १० वर्ष शिक्षण पेसामा आबद्ध रहेर काम गरेको अनुभव छ ।

नवनियुक्त सदस्य शाहले चार जिल्लाको जिल्ला शिक्षा अधिकारी, राष्ट्रिय परीक्षा बोर्ड कर्णालीको निर्देशक र सुर्खेत मेडिकल कलेज पूर्वाधार विकास निर्माण आयोजनाका प्रमुख समेत रहेर काम गरिसकेका छन् ।

काठमाडौं विश्वविद्यालयबाट शैक्षिक नेतृत्व विषयमा एमफिल गरेका शाह विद्यालय शिक्षा सुधार अभियान्ताको रुपमा समेत चिनिन्छन् ।

बौद्धिक र इमान्दार छवि बनाएका शाहले प्रदेशको शैक्षिक सुधार आफ्नो प्राथमिकताको विषय भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?