+

यसकारण लाग्छ थकाइ

२०८० भदौ  १२ गते १२:५४ २०८० भदौ १२ गते १२:५४
यसकारण लाग्छ थकाइ

थकान महसुस हुनु प्राकृतिक प्रक्रिया नै हो । यात्रा गर्दा, उकालोओरालो गर्दा, कुनै काम गरेपछि थकाइ लाग्नु सामान्य हो । शरीर एउटा मेसिन जस्तै हो, जुन निरन्तर चलिरहन सक्दैन । शरीरले पनि समय-समयमा बिश्राम खोज्छ । केही समयको विश्रामपछि शरीर पुन: फूर्तिलो हुन्छ ।

थकान कामको चापले मात्र होइन, स्वास्थ्य समस्याका कारण पनि हुन सक्छ ।

शरीर थकित हुने कारण

विलासी जवनशैली

विविध कारणमध्ये अहिले सबैभन्दा बढी मानिस विलासी बन्दै जानु पनि हो । छोटो दूरीमा जाँदा पनि पैदलको सट्टा सवारीसाधनकै प्रयोग गर्न रुचाउने हाम्रो बानी छ । यस्तो बानीले केही मिनेटको हिंडाइले पनि मानिस थकित हुन्छन् ।

त्यस्तै, विलासी जीवनशैलीका कारण शारीरिक गतिविधि कम गर्ने तर टन्न खाने र बढी आरामदायी जीवन खोज्दा मानिसहरू सानो काम गर्दा पनि थकित महसुस गर्छन् । यसले काम गर्ने क्षमता घटाइरहेको हुन्छ ।

निद्राको कमी

थकानको सबैभन्दा ठूलो कारण पर्याप्त निद्रा नपाउनु हो । दिनभर चुस्तदुरुस्त रहन निश्चित रूपमा निद्रा पूरा गर्नुपर्छ । हरेक उमेरका व्यक्तिको निद्राको आवश्यकता पनि फरक हुन्छ, नवजात शिशुको कुरा गर्ने हो भने उनीहरुलाई १६ घण्टा सुत्न आवश्यक हुन्छ भने किशोरकिशोरीलाई नौ घण्टा, ज्येष्ठ नागरिकलाई सात-आठ घण्टा र ज्येष्ठ नागरिकलाई कम्तीमा पाँच घण्टा र अधिकतम १० घण्टा सुत्न आवश्यक छ ।

डा. प्रशान्त त्रिपाठी

गलत खानपान

थकान महसुस हुनुको एक कारण गलत खानपान पनि हो । किनभने धेरैजसो समय मिल्दा खाने, कहिले नखाने, खाएपछि टन्न खाने गर्दा शरीरले खाएको खानेकुरालाई सन्तुलन गर्न सक्दैन । अव्यस्थित खानपानले   शरीरलाई चाहिने पोषण पुग्दैन । पोषण नपुग्दा शरीरमा ऊर्जा कम हुन्छ र थकान भइरहन्छ । कम खाँदा पनि थाक्ने र नखाँदा पनि थकान हुने समस्या हुन्छ । बरु, दिनहुँ खाने तर सही समयमा खाने गर्नु राम्रो हुन्छ ।

पानीको कमी

थकानका कारण शरीरमा पानीको कमी हो, जसलाई हामी डिहाइड्रेसन पनि भन्छौं । यदि हाम्रो शरीरले राम्रोसँग काम गर्ने हो भने त्यसको लागि हामीलाई पर्याप्त मात्रामा पानी चाहिन्छ । शारीरिक गतिविधि जति बढी भयो त्यति बढी मात्रामा पानी पिउनुपर्छ ।

कामको चाप

कामको चाप धेरै महसुस गर्नु र तनाव लिनु हानिकारक छ । यसले शरीरमा स्वतः स्फूर्त रहन दिंदैन ।  यसको तनावले बिस्तारै बिस्तारै मानिसलाई गलाइरहेको हुन्छ, जसले शरीर थकान हुन्छ ।

कम्तीमा ५० प्रतिशत थकान हुने समस्या मनोवैज्ञानिक कारणले हुन सक्छ ।

डिप्रेसन

यो समस्या भएका उदासी र निराश हुन्छन् । उनीहरुले सामान्यतया दीर्घकालीन थकान अनुभव गर्छन् ।

चिन्ता र तनाव

लामो समयदेखि चिन्तित वा तनावमा रहेको व्यक्तिले आफ्नो शरीरलाई ओभरड्राइभमा राख्छ । एड्रेनालिन हर्मोनको निरन्तर बढ्दा शरीरलाई थकाउँछ ।

त्यस्तै, रक्तअल्पता, मधुमेह, मेनोपोज, क्यान्सर, एन्जाइटी डिसअर्डर, मिर्गौलासम्बन्धी समस्या, हाइपोथाइराइड, भिटामिनहरुको कमी, हार्मोन गडबड जस्ता समस्या हुँदा पनि थकान एउटा लक्षणको रुपमा देखा पर्छ ।

विश्राम पनि जरुरी

बिना विश्राम निरन्तर काम गरिरहेमा शरीर कमजोर हुन्छ । शरीरमा ऊर्जा बिस्तारै सकिन्छ । त्यसपछि शरीर मात्र नभई मानसिक रुपमा पनि कमजोर हुन्छ । विश्रामले मांसपेशीलाई आराम दिन्छ । शरीरले ऊर्जालाई भण्डार गर्ने समय पाउँछ र कामले बढिरहेको तनावको स्तरलाई केही क्षणको आरामले घट्दै जान्छ । यसले थकान कम गर्छ र शरीरलाई पुनः सक्रिय गराउँछ ।

समाधान

१. नियमित रूपमा व्यायाम गर्नुपर्छ । यसले शरीरलाई स्वस्थ राख्न र शरीरलाई थकानबाट पनि टाढा राख्न मद्दत गर्छ ।

२. बिहान समयमै उठ्ने, समयमै नास्ता खाने, खाना खाने र बेलुका ८ बजेअघि खाना खाने गर्नुपर्छ ।

३. अनावश्यक तनाव नलिने, केही समस्या भए साथीभाइ वा परिवारको सदस्यलाई पोख्ने र सानो समस्यालाई ठूलो बन्न नदिने गर्नुपर्छ ।

४. पर्याप्त र गहिरो निद्राका लागि समयमै सुत्ने र समयमै उठ्ने गर्नुपर्छ ।

५. अत्यधिक शारीरिक श्रम गर्नुहुँदैन ।

(कन्सल्टेन्ट फिजिसियन डा. त्रिपाठी काठमाडौंको धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

थकाइ स्वास्थ्य
लेखक
डा. प्रशान्त त्रिपाठी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग