१२ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतका केएल राहुलले नेपालसँगको खेल गुमाउने भएका छन् ।
चोटका कारण उनले एसिया कपका सुरुका दुई खेल खेल्न नसक्ने प्रमुख प्रशिक्षक राहुल द्रबिडले जानकारी दिएका छन् ।
विकेट किपर ब्याटर केएल राहुलले नियमति प्रशिक्षण गरिरहेको सुधार पनि भइरहेको द्रबिडले बताए ।
भारतले आफ्नो पहिलो खेल पाकिस्तानसँग २ सेप्टेम्बरमा खेल्ने छ भने नेपाल र भारतको खेल ४ सेप्टेम्बरमा श्रीलंकामा नै हुने छ ।
केएल राहुलको अनुपस्थितिमा इशान किसनले भारतका लागि विकेट किपिङ गर्ने छन् ।
प्रतिक्रिया 4