+

यती एफसीको अध्यक्षमा कर्ण राना

२०८० भदौ  १२ गते १६:०४ २०८० भदौ १२ गते १६:०४
यती एफसीको अध्यक्षमा कर्ण राना

१२ भदौ, मेलवर्न । अस्ट्रेलियाको मेलबर्नमा रहेको नेपाली समुदायको क्लब यती एफसीको अध्यक्षमा कर्ण राना चयन भएका छन् ।

मेलबर्नमा भएको साधारणसभाबाट कर्ण रानाको नेतृत्वमा १३ सदस्यीय कार्य समिति निर्विरोध चयन गरिएको यती एफसीले विज्ञप्ति मार्फत जनाएको छ ।

दुई उपाध्यक्षमा सज्जन शर्मा र अनामिका राई गुरुङ तथा कोषाध्यक्षमा विपस्ना लामा, सचिवमा रुक्सन राई र सहसचिवमा भरत राना निर्वाचित भएका छन् ।

सदस्यहरुमा इन्द्र गुरुङ, विषन गुरुङ, सुरुची श्रेष्ठ,लक्ष्मी गुरुङ र मोनिका महर्जन निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष राज शर्मा हुन् भने बोर्ड अध्यक्षमा बम गुरुङ छन् । मेलबर्नमा बसोबास गर्ने फुटबलप्रेमीहरुले सन् २००१ मा स्थापना गरेको क्लबले २०१५ मा अस्ट्रेलियाली फुटबल संरचनाको पहिलो खुट्किलो ‘स्टेट फाइभ लिग’ खेलिसकेको थियो ।

अहिले भने क्लबले त्यहाँ सामुदायिक फुटबल ‘सन्डे लिग’ खेलिरहेको छ र फेरि अष्ट्रेलियाको लिग संरचनामा प्रवेश गर्ने प्रयास गरिरहेको क्लबले जनाएको छ ।

क्लबले नेपालबाट राष्ट्रिय टोलीबाट खेलिसकेका र शहीद स्मारक ‘ए’ डिभिजन लिगका खेलाडीलाई अनुबन्ध गर्दै फुटबल गतिविधिलाई अगाडि बढाइरहेको जनाएको छ ।

यति एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय