+
+

मुल्तानमा नेपालको जस्तै ब्याटिङ पिच रहेछ : रोहित पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १५:२४

१३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले मुल्तान क्रिकेट स्टेडियमको पिच नेपालको त्रिवि क्रिकेट मैदानको जस्तै रहेको बताएका छन् ।

बुधबार एसिया कपमा पाकिस्तानसँगको खेलअघि कुराकानी गर्दै उनले मुल्तानको पिच नेपालको सँग मिल्दोजुल्दो भएको बताएका हुन् । ‘नेपालको जस्तै ब्याटिङ विकेट छ । यहाँ धेरै कुरा नेपालको जस्तो छ’, उनले खेलअघि भने ।

नेपालले पाकिस्तानविरुद्ध टस हारेर पहिले ब्याटिङ सुरु गरेको छ । रोहितले पहिलो पटक एसिया कप खेल्न पाउँदा खुशी लागेको बताए । ‘सबै नेपाली यो खेललाई लिएर निकै उत्साहित छन्’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?