+
+

पाकिस्तानविरुद्ध संघर्षरत नेपाल, गुमायो ५ विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते २१:१३

१३ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछयाएको नेपालले थप दुई विकेट गुमाएको छ ।

सुरुवाती दुई १० बलमै ३ विकेट गुमाएको नेपालको पारी सोमपाल कामी र आरिफ शेखले सम्हाल्ने प्रयास गरेका थिए । दुबैले चौथो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए । तर १४औं ओभरको चौथो बलमा हरिश राउफले सोमपाल र आरिफको साझेदारी तोडे ।

आरिफ २६ रनमा आउट भए । १७औं ओभरमा उनले नै सोमपाललाई २८ रनमा पभेलियनको बाटो देखाएका छन् ।

यसअघि नेपालले पहिलो ओभरमै लगातार दुई विकेट गुमाएको थियो । शाहीन अफ्रिदीको पाँचौं बलमा कुशल भुर्तेल र अर्को बलमा कप्तान रोहितकुमार पौडेल पनि आउट भएका थिए ।

दोस्रो ओभरको चौथो बलमा आरिफ शेख पनि आउट भए । नसिम शाहको बलमा उनलाई इफ्तिखार अहमदले क्याच गरेका थिए ।

यसअघि मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो । उसका लागि कप्तान बाबर आजमले १५१ रन बनाए भने इफ्तिखार १०९ रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?