+
+

समाजवादी मोर्चाले कर्णालीमा बनायो प्रदेश समिति

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते १४:३८

१४ भदौ, सुर्खेत । समाजवादी मोर्चा नेपालले कर्णाली प्रदेश समन्वय समितिको घोषणा गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा बिहीबार आयोजित सन्देश सभामा मोर्चाले समन्वय समितिको घोषणा गरेको हो ।

समितिमा समाजवादी मोर्चामा आवद्ध दलको सिफारिसमा तीन/तीन जना सदस्य रहेका छन् । जसमा नेकपा माओवादी केन्द्रबाट प्रदेश अध्यक्ष बिमला केसी, कृष्ण बहादुर जिसी र दिनेश चँदारा रहेका छन् ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)बाट पार्टीका उपमहासचिव समेत रहेका प्रकाश ज्वाला, प्रदेश अध्यक्ष अमर बहादुर थापा र ठगेन्द्र पुरी सदस्य रहेका छन् । नेकपाको तर्फबाट बिराट सी, पौरख सी र सभ्यता सी तथा जसपाबाट देवीराज न्यौपाने, गगन बहादुर सारु र सन्तोषी विक सदस्य रहेका छन् ।

समाजवादी मोर्चाको कर्णाली प्रदेशको सन्देश सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतका नेताहरु सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?