+
+

नेपालको वैदेशिक ऋणभन्दा आन्तरिक ऋण वृद्धि भइरहेको छ : पूर्वअर्थमन्त्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते १८:२४
फाइल तस्वीर

१४ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको वैदेशिक ऋणभन्दा पनि आन्तरिक ऋण वृद्धि भइरहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले नेपालमा अन्य देशको भन्दा फरक समस्या रहेको भन्दै पछिल्लो ७ वर्षको अन्तरालमा मात्रै १० खर्ब बढी आन्तरिक ऋण बढेको बताए । नेपालको वाह्य र आन्तरिक ऋण बराबर जस्तो रहेको उनको भनाइ थियो । उनले आन्तरिक ऋणको वृद्धि तीब्र रुपमा बढ्दै गएकाले आगामी दिनहरुमा आन्तरिक ऋण वैदेशिक ऋण भन्दा बढी हुने अवस्था देखिएको बताए ।

चालु आर्थिक वर्षको बजेटमा पनि २४० अर्ब आन्तरिक ऋण लिने घोषणा रहेको भन्दै वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा सबै लिनुपर्ने देखिएको उनले बताए । उनले सरकारलाई आन्तरिक ऋण चुनौती र महँगो दुवै भइरहेको बताए । उनले चालु आर्थिक वर्ष सरकारको लागि थप चुनौती र जटिलता रहेको बताए ।

सरकारले चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको उनले बताए । पाण्डेले भारतले नेपालमा चामल निर्यात गर्दा २० प्रतिशत भ्याट लगाउने र यता सरकारले १३ प्रतिशत भिएटी लगाउने कुराले अर्को वर्ष मान्छेहरु खान नपाएर मर्ने अवस्था आउन सक्ने बताए ।

उनले आन्तरिक उत्पादन छैन तर सरकारले कर लगाएको भन्दै खाद्यान्न लगायतका वस्तुहरु महँगो हुने र जनता मारमा पर्ने अवस्था रहेको बताए ।

उनले सरकारले ६ प्रतिशत मूल्यवृद्धि कायम गर्ने भनेपनि १० प्रतिशत माथि मूल्यवृद्धि पुग्ने लक्षण देखिएको दाबी गरे । बल, वुद्धि र पैसा भएकाहरु युवाहरु विदेश जाने पठाएर केही नभएकाहरुलाई लिएर सरकारले देश बनाउने कुराले मुलुक समृद्ध हुन नसक्ने उनको भनाइ थियो ।

‘पछिल्लो समय देशको वैदेशिक ऋण वृद्धि भयो भन्ने छ । तर नेपालको विदेशी ऋणभन्दा पनि पछिल्ला दिनहरुमा आन्तरिक ऋण बढी रहेको छ । अरु देशहरुको भन्दा परक समस्या छ । ५ देखि ७ वर्षको अन्तर्रालमा नेपालको १० खर्ब माथि आन्तरिक ऋण बढ्यो । नेपालको बाह्य र आन्तरिक ऋण बराबर जस्तो छ । जुन आन्तरिक ऋणको वृद्धि तीब्र छ । अब आउने दिनहरुमा आन्तरिक ऋणले वैदेशिक ऋण भन्दा बढी हुन्छ,’ उनले भने ।

उनले नेपालमा भारत र चीनबाट मात्रै ठूलो सख्यामा पर्यटक भित्र्याउनसके भने अर्थतन्त्रमा ठूलो स्पेस रहेको बताए । उनले मुलुक आर्थिक रुपमा समृद्ध हुनको लागि विदेशी मुलुकहरुको सहयोग पनि अपरिहार्य रहेको बताए ।

अवसर नदेखेर विदेश जाने युवाहरुलाई स्वदेशमा नै राखेर मुलुकको क्षमता विकास गरी स्वरोजगार बनाउन सक्नुपर्ने आवश्यकता रहेको पाण्डेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?