+
+

राजेश हमालले कृषिसम्बन्धी टेलिभिजन शो ‘र’ होस्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते ९:५२

काठमाडौं । कृषि र मनोरञ्जनमा आधारित टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’को घोषणा भएको छ । आयोजित पत्रकार सम्मेलनमा टेलिभिजन कार्यक्रमको घोषणा गरियो ।

कृषि, उद्यमशिलता र जलवायु परिवर्तनका मुद्दालाई मुख्य विषयवस्तु बनाइएको कार्यक्रमलाई अभिनेता राजेश हमालले होस्ट गर्ने भएका छन् । इ-स्क्वायर प्रालिले कृषि र मनोरञ्जन विधालाई समेटेर कार्यक्रमको परिकल्पना गरिएको जनाएको छ ।

शोमा किसान र कृषि प्राविधिकले भाग लिने बताइएको छ । यो शोलाई शैलेश कँडेलले निर्देशन गर्नेछन् भने मास्टर होस्टको रुपमा अभिनेता हमाल छन् । जज्को भूमिकामा योगेन्द्रकुमार कार्की र नम्रता पाण्डे छन् ।

प्रेसमिटमा बोल्दै हमालले विकासका लागि व्यवसायिक कृषिसँगै कृषि क्रान्ति जरुरी रहेको बताए । ‘तीन दशक लामो अभिनय यात्रामा कैंयनपटक किसानको भूमिकामा देखिएको थिएँ । अब किसानको वास्तविक क्रान्तिमा सहभागी हुन पाउँदा आफुलाई ओजिलो महसुस गरेको छु’ हमालले भने ।

उनले अघि भने, ‘यतिका समय देशका विभिन्न तहमा बसेर कृषि क्रान्तिको गफ गरेको सुनिएको थियो । अब भने यो कार्यक्रममार्फत साँच्चै नै कृषि क्रान्तिको परिभाषा परिवर्तन हुने अपेक्षा राखेको छु । यो खालको कार्यक्रमलाई राज्यको औपचारिक निकायले अपनत्व लिनुपर्छ भन्ने मलाई लागेको छ्र ।’

निर्देशक कँडेलले यो शो किसान र कृषि प्राविधिकबीचको प्रतिस्पर्धा नभएको बताए । गेम रियालिटि शोको प्रोमो पनि सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?