+
+

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

एजेन्सी एजेन्सी
२०८० भदौ १६ गते १४:३९

पछिल्लो समयमा उपयुक्त वरवधू खोज्नका लागि समेत मिडियामा विज्ञापन गर्ने चलन बढेको छ ।

एकजना युवतीले चाहिँ @itsveradijkmans खोज्नका लागि विज्ञापन खुलाएकी छिन्, जसमा हजारौंले आवेदन दिएका छन् ।

टिकटकमा @itsveradijkmans नामको आईडी रहेकी भेरा नामकी युवतीका तीन लाख ७४ हजार फलोअर्स छन् । सोही अकाउन्टमा उनले आफ्नो ब्वायफ्रेण्ड बन्नका लागि भन्दै आवेदन फाराम खुलाएकी छिन् ।

आफूले प्रेमीका लागि खुलाएको विज्ञापनमा धेरै सकारात्मक प्रतिक्रियाहरु प्राप्त भएको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘सन् २०२३ मा डेटिंग गर्नु कठिन छ, यसका लागि को उपयुक्त उम्मेदवार हो र के हामी साथमा फिट हुन्छौं कि हुँदैनौं भन्ने कुरा म जान्न चाहन्छु । आवेदन जारी गरेपछि मेरो डिएम प्रेमिल सन्देशहरुले भरिएको छ, त्यसैले गणना गर्न नै सकिरहेकी छैन । २४ घण्टाभित्रै तीन हजार आवेदन आइसकेका छन् ।’

आफूले अझै पनि थप आवेदन पर्खिरहेको भन्दै आफ्नो मापदण्डमा भने कुनै सम्झौता नगर्ने उनले बताएकी छिन् ।

उनी भन्छिन्, ‘प्रेम यति छिटै पाउँदैन । म पूरै जिन्दगीभर एक्लै छु त्यसैले एकजना ब्वायफ्रेण्डका लागि तयार छु। म घरबार बसाल्न तथा गम्भीर हुनका लागि तयार छु।’

आफ्नो प्रेमी बन्न चाहनेका लागि केही गुणहरु उनले उल्लेख गरेकी छिन् । उनका अनुसार हुनेवाला प्रेमी हँसिमजाक गर्ने र संगीतमा राम्रो रुचि भएको हुनुपर्नेछ भने आफ्नै कमाइ हुनुपर्नेछ । त्यस्तै बफादार हुनुका साथै कार्टुन हेर्नमा पनि रुचि राख्नुपर्नेछ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?